आठ हजार रुखले बनेको दुर्गा पुजा पण्डल

प्रत्येक वर्ष दुर्गा पूजाको समयमा, मानिसहरू कोलकातामा बनाइने सबैभन्दा अनौठा पण्डलहरूमा नजर राख्छन् । यो वर्ष यस्ता पण्डल मध्ये ८ हजार रुखलाई वातावरण बचाउने सन्देश दिन प्रयोग गरिएको पण्डल सबैको नजरमा चढेको छ ।
कोलकाताको माणिकतला क्षेत्रमा आयोजित यो पूजालाई लालबागन पूजा भनिन्छ। यहाँ बनेको पण्डलको पछाडिको सन्देश भनेको आफू र संसारलाई बचाउन चाहनुहुन्छ भने रुख रोप्नुहोस् र आफ्नो सन्तानको जस्तै हेरचाह गर्नुहोस् भन्ने हो ।
देवी दुर्गाको मूर्ति पनि पातको
धेरै हिन्दुहरुको आस्था रहेको यहाँको दुर्गाको मूर्ति हेर्दा पातले बने जस्तो लाग्छ । तर, ती हरियो रंगले भरिएका माटोका पात हुन् ।
८ हजार भन्दा बढी रूख
१५ भन्दा बढी प्रजातिका रूख रहेको यो पण्डालमा ८ हजारभन्दा बढी रुख प्रयोग गरिएको छ । ती रुख मेदिनीपुरमा ठूलो मेहनतका साथ हुर्काएर यो पण्डलमा ल्याइएको हो ।
पाँच महिनामा तयार भयो पण्डल
यो पण्डल बनाउन पाँच महिना लागेको थियो, किनभने यसलाइ धेरै चरण लगाएर तयार पारिएको थियो । दुई महिना अघि ती रुख यहाँ ल्याइएको हो । रुखको रेखदेख गर्नु ठूलो चुनौती थियो । पूजापछि पनि त्यसलाई सुरक्षित राख्नु ठूलो जिम्मेवारी हुनेछ ।
यो पण्डलका आयोजक सुमन मालाकार भन्छन, “हाम्रो सन्देश ग्लोबल वार्मिङ विरुद्धको हो, रुखलाई बालबालिकाहरु जस्तै हेरचाह गर्नुपर्छ, हामीले विगत चार–पाँच महिनादेखि यी रुखको हेरचाह गरिरहेका छौं । यदि रूखको उचित हेरचाह गरियो भने, तिनले हाम्रो पनि हेरचाह गर्छन्।ू
भावी पुस्ताका लागि
लालबागान नबाङ्कुर दुर्गा पूजाका सचिव तपस रोय भन्छन्, ूयो दुर्गा पूजाको ६५औँ वर्ष हो। हाम्रा कलाकारको नाम प्रशान्त पाल हो। उनि सन्देश दिन चाहन्छन् कि ( रुखको ख्याल राखे हाम्रो भावी पुस्तालाइ पनि कि फाइदा हुन्छ।ू
प्रतिक्रिया