संयुक्त राष्ट्रसंघकाे चेतावनी : बाढी र खडेरी तीव्र
नेपालखोज
२०८१ असोज २७ गते ९:४३
काठमाडाैं । संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ कि बाढी र खडेरीको तीव्रतामा वृद्धि ‘खतराजनक संकेत’ हो जुन जलवायु परिवर्तनले हाम्रो ग्रहको जल चक्रलाई थप अनियमित र अप्रत्याशित बनाउन सक्छ ।
विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले सन् २०२३ विगत तीन दशक यताकै सबैभन्दा सुख्खा वर्ष भएको बताएको छ । किनभने यो वर्ष नदीहरूमा पानीको मात्रा असाधारण रूपमा कम रेकर्ड गरिएको थियो ।
डब्ल्यूएमओले बढ्दो विश्वव्यापी तापक्रमका कारण पानीको चक्र अझ अनिश्चित र अप्रत्याशित भएको बताएको छ । जसका कारण विश्वका विभिन्न भागमा या त पानीको कमी वा बारम्बार बाढी आउने गरेको छ ।
डब्लुएमओका महासचिव सेलेस्टे साउलोका अनुसार, ‘हामीले जीवन, परिस्थितिक प्रणाली र अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने भारी वर्षा, बाढी र खडेरीका रूपमा संकटको संकेत देखिरहेका छौं ।’
सम्बन्धित

प्रतिक्रिया