दुर्लभ भ्रमणका क्रममा भारतीय विदेशमन्त्री पाकिस्तानमा

इस्लामाबाद । भारतीय विदेशमन्त्री सुबह्मण्यम जयशङ्कर मङ्गलबार साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनका लागि पाकिस्तान पुगेका छन् । करिब एक दशकमा आफ्नो प्रतिद्वन्द्वी छिमेकी मुलुकको भ्रमण गर्ने उनी दिल्लीका पहिलो उच्च कूटनीतिज्ञ हुन् ।
विदेश मन्त्रालयका एक अधिकारीका अनुसार जयशङ्करको विमान स्थानीय समयानुसार अपराह्न ३ः३० बजेतिर राजधानी इस्लामाबाद नजिकैको विमानस्थलमा अवतरण भएको थियो । सरकारी टेलिभिजनले उनलाई फूलको गुच्छा प्रदान गरिरहेको देखाएको छ तर स्वागत टोलीमा कुनै वरिष्ठ मन्त्रीहरू संलग्न थिएनन् ।
आणविक शक्ति सम्पन्न भारत र पाकिस्तान कट्टर प्रतिद्वन्द्वी हुन् । दुई मुलुकबीच दीर्घकालीन राजनीतिक तनाव छ । सन् १९४७ मा भारतीय उपमहाद्वीपको विभाजनपछि दुवै मुलुकले तीन वटा युद्ध र अनेकौँ साना झडपहरू लडेका छन् ।
मोदीको सन् २०१९ को उक्त कदमलाई भारतभर उत्सवका रूपमा मनाइयो तर पाकिस्तानलाई द्विपक्षीय व्यापार निलम्बन गर्न र नयाँदिल्लीसँगको कूटनीतिक सम्बन्ध घटाउन प्रेरित गर्यो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यसै महिना जयशङ्करको भ्रमणको एजेन्डा कडाइका साथ एससिओको कार्यतालिकाअनुसार हुने र यसमा व्यापार, मानवीय र सामाजिक मुद्दाहरूमा छलफल गर्ने कार्यक्रम रहेको बताएका थिए ।
प्रतिक्रिया