बिहीबार, कार्तिक २९, २०८१

दिल्ली–शिकागो एयर इन्डियाको उडान क्यानडातर्फ डाइभर्ट

नेपालखोज २०८१ असोज २९ गते २२:०४

नयाँ दिल्ली । सिकागो जाँदै गरेको एयर इन्डियाको उडान मङ्गलबार क्यानडाको एउटा विमानस्थलमा बमको धम्कीपछि डाइभर्ट गरिएको अधिकारीहरूले बताएका छन् ।

दिल्लीबाट उडेको विमानलाई अनलाइन बमको धम्की प्राप्त भयो र पछि क्यानाडातर्फ मोडियो, जहाँ उक्त विमान क्यानाडाको इक्लुइट विमानस्थलमा अवतरण भयो । साथै, सोमबार मुम्बईबाट न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमानलाई बमको धम्कीपछि दिल्लीतर्फ डाइभर्ट गरिएको थियो । तर, चेकजाँचका क्रममा कुनै शङ्कास्पद वस्तु भेटिएन ।

भारतको नागरिक उड्डयन सुरक्षा निकाय र नागरिक उड्डयन सुरक्षा ब्यूरोले जुनमा यस्तो धम्की दिनेहरूलाई पाँच वर्षको उडान प्रतिबन्धको प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया