चाडपर्वसंगै बैंकिङ प्रणालीमा थुप्रियो निक्षेप,आज पुन एक खर्ब रुपैंयाँको निक्षेप उपकरणको बिक्री गरिदै

काठमाडौं । चाडपर्वसंगै बैंकिङ प्रणालीमा निक्षेप थुप्रिएपछि राष्ट्र बैंकले आज पुन उक्त निक्षेप तान्ने भएको छ । राष्ट्र बैंकले आज बिहिबार ( १ गते) पुन एक खर्ब रुपैयाँको निक्षेप तान्न लागेको हो । आज अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा मौद्रिक उपकरण बिक्री गरेर निक्षेप तान्न लागेको राष्ट्र बैंकको भनाई छ ।
परिपक्व हुुने अवधि १३ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती भने कात्र्तिक १४ गते तोकिएको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।
खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया