नेपालले अमेरिकालाई दियाे एक सय ६५ रनको लक्ष्य
नेपालखोज
२०८१ कार्तिक २ गते ७:५४

काठमाडौं । नेपाल र अमेरिकाबीचको तीन खेलको टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ । अमेरिकाको ग्रान्ड प्रेरी रंगशालामा भएको पहिलो खेलमा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रनको स्कोर जोडेको हो ।
नेपालको लागि कप्तान रोहितकुमार पौडेलले ३३ बलमा सर्वाधिक ४९ रन बनाए । दीपेन्द्रसिंह ऐरीले २८, तथा ओपनरद्वय अनिल शाह र आसिफ शेखले समान २७ रन बनाएका थिए । गुल्शन झाले ११ र कुशल भुर्तेलले १० रन बनाउँदा करण केसी र आरिफ शेख गोल्डेन डकआउट भएका थिए ।
अमेरिकाको लागि सौरभ नेत्राभाल्कर, जसदीप सिंह र हर्मित सिंहले समान दुई विकेट लिए । अमेरिका र नेपालबीच तीन ट्वान्टी २० खेल आयोजना हुँनेछन् । त्यसपछि दुबै टोली आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा सहभागी हुनेछन् ।
सम्बन्धित
प्रतिक्रिया