आइतबार, असार १५, २०८२

नेप्से २७ सय ४५ बिन्दुमा, १५ अर्ब ९१ करोडको शेयर किनबेच

नेपालखोज २०८१ कार्तिक २ गते १२:२९

काठमाडौं । यस साता सेयर बजार परिसुचक नेप्से दुई हजार सात सय ४५ दशमलव ३६ बिन्दुमा सिमित भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ९५ दशमलव ३० बिन्दुुमा सिमित भएको छ ।

धितोपत्र बजारमा यो साता तीन सय २० वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार एक लाख ८२ हजार ८८ पटकको कारोबारमा तीन करोड ८४ लाख ४९ हजार ८१ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम १५ अर्ब ९१ करोड ५३ लाख ६७ हजार सात सय तीन रुपैयाँ पुगेको छ । नेप्सेको नियमित कारोबार कक्ष सातामा तीन कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो र दोस्रो दिन सार्वजनिक बिदा परेको थियो भने बाँकी तीन कार्य दिन नेप्से लगातार बढेको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको तेस्रो कारोबार दिन बजार परिसुचक ३१ दशमलव ४८ अंकले उकालो लागेर २६ सय ९९ दशमलव ६६ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ९० अंकले उकालो लागेर चार सय ८६ दशमलव २९ बिन्दुमा चढेको थियो । चौंथो कारोबार दिन पनि बजार परिसुचक ४३ दशमलव २२ अंकले उकालो लागेर २७ सय ४२ दशमलव ८८ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ६८ अंकले उकालो लागेर चार सय ९३ दशमलव ९८ बिन्दुमा चढेकोे थियो । पाँचौं कारोबार दिन पनि बजार परिसुचक दुई दशमलव ४७ अंकले उकालो लागेर २७ सय ४५ दशमलव ३६ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३१ अंकले उकालो लागेर चार सय ९५ दशमलव ३० बिन्दुमा चढेकोे थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल फाईनान्स, एनआईसी एशिया बैंक आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआईसी एशिया बैंक अगाडि परेको छ । यसैगरी बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन ।

दैनिक सेयर कारोबार तालिका

दिनकम्पनी संख्याकारोबार संख्याकित्ता संख्याकारोबार रकम
पहिलो दिनसार्वजनिक बिदा   
दोस्रो दिनसार्वजनिक बिदा   
तेस्रो दिन३०७३५६४८६४१७२६७३०६२३३७७९९.२४
चौंथो दिन३२०६५८४५१३२२४३२२५६६०२३७७३७.६०
पाँचौं दिन३१६८०५९५१८८०७४९२७१९२७९२१६६.८६
कुल३२० १८२०८८ ३८४४९०८१ १५९१५३६७७०३.७०

प्रतिक्रिया