आइतबार, असार १५, २०८२

राष्ट्र बैंकद्धारा सेवा रेमिटको लाईसेन्स खारेज

नेपालखोज २०८१ कार्तिक २ गते १५:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको लाईसेन्स अर्थात अनुमती खारेज गरेको छ । शुक्रबार एक सुचना जारी गर्दै राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्न अनुमति प्राप्त गरेको सेवा रेमिटको लाईसेन्स खारेज गरेको हो ।

नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा सो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी रहेको भए जानकारी दिन राष्ट्र बैंकले आग्रह गरेको छ ।

राष्ट्र बैंकका अनुसार कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएकाले ३५ दिनभित्र जानकारी गराउन आग्रह गरिएको छ। सो म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिट प्रालिको बैंक जमानत फुकुवा हुने राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया