सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड, कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०८१ कार्तिक ५ गते १०:४७

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) फेरी सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार एकै दिन प्रतितोला ६ सय रुपैयाँले बढेर सुनको भाउले हालसम्मकै उच्च नयाँ रेकर्ड बनाएकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ तोकेको छ । यसअघि आइतबार १ लाख ६५ हजार रूपैयाँ कायम भएको थियो ।
त्यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी प्रतितोला २०९५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २०७५ रुपैयाँ थियो ।
सम्बन्धित

प्रतिक्रिया