ओल्गा एक असाधारण समाजसेवी : मन्त्री डा. राणा

पाटन (ललितपुर) । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओल्गा डेविस मरी एक असाधारण सामाजसेवी रहेको बताएकी छिन्।
नेपाल युथ फाउण्डेशनद्वारा ललितपुर महानगरपालिका–२२ चुनिखेलस्थित ओल्गापुरी भिलेजमा आयोजित स्वर्गीय मरीको सालिक अनावरण गर्दै मन्त्री डा राणाले ओल्गाले जीवनमा आफूलाई हजारौँ बालबालिकाहरुको भविष्य निर्माणमा निस्वार्थ रूपमा समर्पित गरी असाधारण काम गरेको बताइन् ।
‘ओल्गा एक असाधारण समाजसेवी हुन्, जसलाई म यहाँका हरेक बालबालिकामा पाउँछु, उनले गरेको कामले हामीलाई छोएको छ, जब मैले ओल्गाको सालिक अनावरण गरें, तब मैले उनले सृजना गरेको विरासत र उनले भविष्य निर्माण गरिदिनुभएको हजारौँ मानिसको भावनालाई चीरस्मरणीय राख्न महत्वपूर्ण काम भएको महसुस गरेको छु’, डा राणाले भनिन् ।
ओल्गा डेविस मरी नेपाल युथ फाउण्डेशनको संस्थापक हुन् । अमेरिकी नागरिक मरीले फाउण्डेशनमार्फत विगत ४० वर्षदेखि नेपाल र नेपाली बालबालिकाहरुका लागि जीवन समर्पित गर्दै आएकी थिइन् । अवसरविहिन बालबालिका र युवाको भविष्य निर्माण गर्न सहयोग पुर्याउने हेतुले सञ्चालित ओल्गापुरी भिलेज बालबालिका र युवाका लागि मरीको अमूल्य उपहार भएको संस्थाका कार्यकारी निर्देशक राजु धमलाले बताए ।
मरीले पुर्याएको योगदानको कदर गर्दै सरकारले गोर्खा दक्षिणबाहु विभूषणबाट सम्मानित गरेको थियो । सरकारले उनलाई नेपालका लागि आजीवन आवासीय भिषा प्रदान गरेको थियो । ओल्गा मरीको ९८ वर्षको उमेरमा गत फ्रेब्रुअरी २०२४ मा देहान्त भएको थियो । फाउण्डेशनले ओल्गापुरी भिलेज हाताभित्र मरीको सालिक स्थापना गरेको हो ।
सालिक अनावरण कार्यक्रममा बागमती प्रदेशका यातायातमन्त्री प्रेमभक्त महर्जन, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्प्सन, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।मन्वय जरुरी छ ।
पूर्वाधार विकासका गतिविधि अगाडि बढाउँदा मुआब्जा वितरण, वनको जग्गा प्राप्ति, आवश्यकताअनुसारको बजेट अभावलगायतका समस्या रहेको उनको भनाइ छ । मन्त्री दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लक्ष्यअनुसार प्रगति गरिरहेको जानकारी दिए ।
समितिकीे सभापति कमला पन्तले विपद्मैत्री पूर्वाधार निर्माण नीति कार्यान्वयन गरी दिगो विकासको लक्ष्य प्राप्त गर्न सरोकारवालाहरुलाई सुझाव दिए । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले आन्तरिक बसाँइसराइका कारण सहरी विकासमा समस्या थपिएको बताए । निर्माण व्यवसायीले समयमा भुक्तानी पाउन नसक्दा पूर्वाधार निर्माणमा ढिलाइ हुने चुनौती रहेको उनको भनाइ छ ।

प्रतिक्रिया