शुक्रबार, मंसिर २८, २०८१

आर्थिक शिथिलताका बावजुत पनि बैंकहरुले बढाए नाफा, २० वटा बैंकहरुले कुल नाफा १६ अर्ब नाघ्यो

नेपालखोज २०८१ कार्तिक ७ गते १६:१७

काठमाडौं । आर्थिक शिथिलताका कारण बैंकहरुको कर्जा प्रवाहमा सङ्कुचन आए पनि बैंकहरुले खुद मुनाफा बढेको देखिएको छ । बैंकहरुले बुधवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले यस अवधिमा १६ अर्ब २३ करोड १८ लाख ९२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

बैंकहरुले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा २१ दशमलव ६४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुको यस्तो नाफा १३ अर्ब ३४ करोड ३७ लाख ४० हजार रुपैयाँ रहेको थियो । अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको असोज मसान्तसम्ममा वाणिज्य बैंकहरु मध्येमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । नबिलले दुई अर्ब पाँच करोड ६५ लाख ९० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा ग्लोबल आईएमई बैंकले एक अर्ब ५१ करोड २१ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

सानिमा, हिमालयन र प्रभु बैकले भने पछिल्लो अवधिमा क्रमशः ३९ करोड ९५ लाख ३० हजार, ७२ करोड ६४ लाख ३२ हजार र एक अर्ब चार करोड छ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । चालु आवको पहिलो त्रैमासमा माछापुच्छ्रे बैंकले ५० करोड ३२ लाख ६३ हजार रुपैयाँ नाफा कमाउँदा लक्ष्मी सनराईज बैंकले ५३ करोड ६३ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यसै गरी नेपाल इन्भेष्टमेन्ट मेरा बैंक, नेपाल एसबिआई बैंक, प्राईम कर्मसियल बैंक र स्टान्र्डड चार्टड बैंकले भने पछिल्लो अवधिमा क्रमशः एक अर्ब ४६ करोड ४० लाख ७४ हजार, एक अर्ब २८ करोड ६७ लाख ८७ हजार र ८६ करोड २२ लाख एक हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा कुमारी, सिद्धार्थ, कृषि विकास र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले भने क्रमशः एक अर्ब सात करोड ८१ लाख ७७ हजार, ३८ करोड २० लाख ८४ हजार, १९ करोड नौ लाख २३ हजार र २४ करोड छ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

यसै गरी एनएमबी, एभरेष्ट र एनआईसी एशिया बैंकले भने पछिल्लो क्रमशः एक अर्ब १४ करोड ५६ लाख तीन हजार, एक अर्ब १२ करोड ७७ लाख सात हजार र ११ करोड पाँच लाख २६ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । चालु आवको पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले भने क्रमशः १५ करोड १३ लाख दुई हजार र ६० करोड २१ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । 

वाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको असोज मसान्तसम्म कमाएको नाफा (रकम हजारमा)
क्र.स बैंकको नाम खुद मुनाफा (चालु आव पहिलो त्रैमास)
१ नबिल बैंक २०५६५९०
२ ग्लोवल आईएमई बैंक १५१२१४०
३ सानिमा बैंक ३९९५३०
४ हिमालयन बैंक ७२६४३२
५ प्रभु बैंक १०४०६५७
६ माछापुच्छ्रे बैंक ५०३२६३
७ लक्ष्मी सनराईज बैंक ५३६३५९
८ नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेड १४६४०७४
९ नेपाल एसबिआई बैंक ८१४६५१
१० प्राईम कर्मसियल बैंक १२८६७८७
११ स्टान्र्डड चार्टड बैंक ८६२२०१
१२ कुमारी बैंक १०७८१७७
१३ सिद्धार्थ बैंक ३८२०८४
१४ कृषि बिकास बैंक १९०९२३
१५ सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड २४०६९९
१६ एनएमबी बैंक लिमिटेड ११४५६०३
१७ एभरेष्ट बैंक लिमिटेड ११२७७०४
१८ एनआईसी एशिया बैंक ११०५२६
१९ राष्ट्रिय वाणिज्य बैंक १५१३०२
२० नेपाल बैंक लिमिटेड ६०२१८९
कुल १६२३१८९२
(श्रोत: सम्वन्धीत बैंकको चालु आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण)

प्रतिक्रिया