शुक्रबार, चैत १६, २०८०

घर बनाउन एनएमवी वैकले शुन्य प्रतिशत डाउन पेमेन्टमा शतप्रतिशत कर्जा दिने

नेपालखोज २०७६ मंसिर १२ गते ९:४५

१२ मंसिर, काठमाडौं । वैक तथा वित्तिय संस्थाहरुले घर निर्माण वा खरिदमा ऋण प्रवाहलाई सहज गर्ने क्रममा मेरोघर र एनएमबी बैंकले संयुक्त रूपमा ‘अब बन्छ हजुरको घर’ अफर सुरू गरेका छन् । ग्राहकलाई आफ्नो घर निर्माणका लागि आर्थिक सहजतादिने मात्र नभई डिजाइन तथा निर्माणको समेत सेवा दिने उद्देश्यले दुई संस्थाले नेपालमै पहिलो पटक उक्त अफर बजारमा ल्याएका हुन् ।

योजनाअन्तर्गत, जग्गाधनीहरुले घर बनाउन एनएमबी बैंकबाट सहज ब्याजदरमा कर्जा लिएर २५ वर्षसम्मको अवधिमा भुक्तानी गर्न सक्नेछन् भने मेरोघरले ग्राहकको इच्छाअनुसार घरको डिजाइन देखि पूर्ण–निर्माणसम्मको सेवा प्रदान गर्नेछ ।

त्यस्तै, घरको पूर्ण निर्माण सम्पन्न नभएसम्म वा १२ महिना अवधिसम्म किस्ता भुक्तानी गर्न नपर्ने तथा घर निर्माणका लागि शतप्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुनेछ । यसका लागि, मेरोघर र एनएमबी बैंकको सहकार्यमा सरल र सहज ऋण प्रशोधन प्रणालीको प्रबन्धन गरिएको छ ।

आफ्नै जग्गा भएका जागिरे युवा तथा लामो समयदेखि घर निर्माण गर्न योजना बनाएका व्यक्तिले यस अफरको लाभ उठाउन सक्नेछन् । त्यस्तै, विदेशमा बसोबास गर्ने र आफ्ना परिवारको लागि घर बनाउन चाहनेका लागि समेत यो अफर लक्षित छ । ग्राहकको जग्गा तथा आम्दानी स्रोतमा नियम र सर्तहरू भने लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया