मंगलबार, असार १७, २०८२

दुर्गापूजाका साडी मुसहर महिलालाई प्रदान

नेपालखोज २०८१ कार्तिक ८ गते ९:०७

सिरहा । लहानस्थित दुर्गा मन्दिरमा नवरात्रमा भक्तजनले अर्पण गरेका साडी यहाँका अतिविपन्न मुसहर महिलाहरुलाई प्रदान गरिएको छ ।

दुर्गा पूजा समितिका संयोजक एवं लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले वडा नं १५ शोभापुरका मुसहर समुदायका ९१ जना महिलालाई बुधबार अपराह्न जनही एउटा साडी प्रदान गरेका हुन् ।

समितिका सदस्य विकास शारदाका अनुसार यस वर्षको दुर्गा पूजामा रु आठ लाख ५३ हजार नगद र तीन तोला चार आना सुन सङ्कलन भएको छ । यो गत वर्षको भन्दा रु एक लाख ५३ हजारले बढी हो । रासस

प्रतिक्रिया