आइतबार, असार १५, २०८२

नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज ७ सयले घट्याे

नेपालखोज २०८१ कार्तिक ८ गते ११:३६

काठमाडाैं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज (बिहीबार) भने घटेको छ । नेपाली बजारमा आज सुन प्रतितोला सात सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ । यसअघि बुधबार १ लाख ६६ हजार ७ सय रूपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ४० रूपैयाँले घटेको छ । बुधबार तोलामा २१ सय  ३५ रूपैयाँमा कारोवार भएको चाँदी आज ४० रूपैयाँले घटेर २ हजार ९५ रूपैयाँमा कारोवार भइरहेको छ ।  

प्रतिक्रिया