संयुक्त राष्ट्रसंघको ८०औं स्थापना दिवसको अवसरमा संयुक्त राष्ट्रसंघ र नेपाल

२००२ कार्तिक ८ मा स्थापना भएको संयुक्त राष्ट्र संघमा केवल ५१ राष्ट्र मात्र सदस्यहरु थिए । जसमध्य ५० राष्ट्रले २००२ को असार १३ मा हस्ताक्षर गरेका थिए भने पोल्याण्डले गठनको एक हप्ता अगाडि मात्र हस्ताक्षर गरेका थिए ।
यसरी गठन भएको संयुक्त राष्ट्र संघमा नेपालमा राणाकाल नै भएको भए पनि चार वर्ष पछि नै वि. सं. २००६ साउन ७ गते लेफ्टिनेन्ट जनरल विजय शम्शेर राणाले बिदेशी बिभागको डाइरेक्टर जनरलको रुपमा संयुक्त राष्ट्र संघमा पुगेका थिए । र सदस्यताको लागी आवेदन गरेका थिए । संयुक्त राष्ट्रसंघ पुगेका विजय शम्शेरले २८ पृष्ठ लामो आफ्नो निवेदनमा सदस्यता पाउनुपर्ने आधारहरु सबै लेखेका थिए ।
तर नेपालमा प्रजातान्त्रिक आन्दोलनहरु भइरहेको राणाहरु दमन अत्यधिक रहेको भन्दै नेपाली राष्ट्रिय कांग्रेसले Establishment of democratic government and human rights in Nepal should be a condition for its membership U.N.O. as was in the case of Spain use veto. भन्दै संयुक्त राष्ट्र संघलाई पत्र लेखेपछि सोवियत संघले २००६ को भदौ २२ मा भएको महासभामा भिटो लगाएर खारेज गरिदिए ।
सुरक्षा परिषदका ९ राष्ट्रको सहमति हुँदा पनि सोवियत संघको भिटोको कारणले नेपाल सदस्य बन्नबाट बञ्चित भएको थियो । नेपाल भित्रको आन्तरिक कारणले सदस्यताबाट बञ्चित भए पनि प्रजातन्त्र पछि भने निरन्तर प्रयासहरु भइरहे । अन्तत २०१२ को मंसिर २९ मा भएको संयुक्त राष्ट्र संघको दशौ महासभाको ५५५औं बैठकले नेपाललाई अन्य १५ राष्ट्रको साथ सदस्यताको लागी स्विकृती प्रदान गर्यो । त्यति बेला नेपालमा राजा महेन्द्रको प्रत्यक्ष शासन थियो । तसर्थ त्यस सभामा कसैले पनि भाग लिएनन् ।
सदस्यता प्रदान गरेको तीन महिना पछि बि.सं. २०१२ फागुन २६ मा संयुक्त राष्ट्र संघको मुख्यालय रहेको बाहिर सदस्य राष्ट्रको झण्डा फहराइने क्रममा त्यसै वर्ष संयुक्त राष्ट्र संघको सदस्यता पाएका १६ राष्ट्रको झण्डा फहराइएको थियो ।
अल्वानिया, अष्ट्रिया, बुल्गेरिया, कम्बोडिया, फिनल्याण्ड, हंगरी, आयरल्याण्ड, इटली, जोर्डन, लाओस, लिबिया, पोर्टुगल, रोमानिया, स्पेन तथा श्री लंकाको साथ नेपालको पनि झण्डा फहराइएको थियो । संयुक्त राष्ट्र संघमा सम्बोधन गर्ने पहिलो नेपाली चुडाप्रसाद बिसं १९९३ जेठ २० गते नेपाल प्रजा परिषदको गठन भएको थियो ।
राणाशासन बिरुद्ध शसक्त आन्दोलन गर्ने उद्धेश्यले गठन भएको यस प्रजापरिषदमा शुरुमा पाँच जना दशरथ चन्द, टंकप्रसाद आचार्य, धर्मभक्त माथेमा, रामहरी शर्मा तथा जीवराज शर्मा थिए । यसको केही दिनमा नै चूडाप्रसाद शर्मा पनि थपिए । प्रजापरिषदको लागी निडर र जुझारु युवाहरुको खाँचो थियो ।
यसमा चूडाप्रसाद लागि परे । वि. सं. १९९७ माघ ७ गते सोमवार राणा प्रधानमन्त्री जुद्धशम्शेरले त्यतिबेलाका कमाण्डिङ अफिसर पद्मशम्शेर र चारै कमाण्डिङ जनरलहरु मोहनशम्शेर, बबरशम्शेर, बहादुरशम्शेर, केशरशम्शेर र वडागुरुज्यूसमक्ष सिंहदरबार बैठकमा यस प्रकारको फैसला सुनाइदा नेपाल प्रजापरिषदका प्रमुख सदस्य चूडाप्रसाद शर्मालाई पनि आजन्म कैद तथा सर्वस्वहरणको सजाइ दिइएको थियो ।
लामो समय जेल बसेर निस्किएका चूडाप्रसाद २०१२ साल माघ १३ गते टंकप्रसाद आचार्यको प्रधानमन्त्रीत्वमा गठित प्रजापरिषदको सरकारमा परराष्ट्र वन तथा खाद्य कृषी मन्त्रीमा नियुक्त भएका थिए । टंकप्रसादको मन्त्रीपरिषदको समयमा नै नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पनि पायो । नेपालले संयुक्त राष्ट्र संघको एघारौ महासभामा नेपाल पनि सहभागी भएको थियो ।
त्यस रास्ट्रीय महासभामा भाग लिन नेपालको नेतृत्व गर्दै त्यस बेलाका परराष्ट्र मन्त्री चुडाप्रसाद शर्मा ६ जना प्रतिनिधि मन्डलको साथ न्यूयोर्क पुगेको थियो । त्यस प्रतिनिधी मण्डलका अन्य सदस्यहरुमा राजा महेन्द्रका माहिला भाइ हिमालय बिक्रम शाह, अधिराजकुमारी प्रीन्सेप शाह, श्री ५ महाराजाधिराजका प्रमुख सचिव सरदार हंसमान सिंह, शिक्षा सचिव केशर बहादुर केसि, तथा परराष्ट्र मन्त्रालयका सहसचिव दमनराज तुलाधर थिए। ५७६औ पूर्ण बैठकमा नेपालको प्रतिनिधित्व गर्दै चूडाप्रसाद शर्माले सम्वोधन गरेका थिए ।
प्रतिक्रिया