शनिबार, जेठ ४, २०८२

पश्चिमीका साथै स्थानीय वायु र चक्रवात ‘दाना’को आंशिक प्रभाव, कस्ताे रहला माैसम ?

नेपालखोज २०८१ कार्तिक ९ गते ६:२४

काठमाडौं । हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । साथै कोशी प्रदेशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘दाना’को आंशिक प्रभाव रहेको छ ।

कोशी प्रदेश  र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा  आंशिकदेखि साधरणतया  बदली रहि देशका बाँकी भूभागमा आंशिक  बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ भने कोशी  र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ भने कोशी प्रदेश लगायत  कर्णाली र सुदूरपश्चिम  प्रदेशका पहाडी भूभागका  एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया