उपप्रधानमन्त्रीसँग एमसीसीकी प्रमुख कार्यकारीको भेट
नेपालखोज
२०८१ कार्तिक ९ गते ७:३२

अमेरिका । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ ।
उक्त भेटमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय प्रसारण लाइनका बारेमा छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।
त्यस्तै अर्थमन्त्री पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो लीबी पनि भेटवार्ता भएको छ । उनीहरूबीच वित्तीय सहायता, परामर्श सेवा र प्राविधिक सहयोगबारे छलफल भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया