एउटा यस्ताे खेल जसकाे विजेताले पाउँछ बियर र तौलको पाँच गुणा बराबरको नगद

काठमाडाैं । अमेरिकामा एउटा यस्तो प्रतियोगिता हुन्छ, जसमा मानिसहरु आफ्नो जीवन साथीलाई पिठ्युमा बोकेर दौडिन्छन् । वर्ष २०२४ को यो प्रतियोगितामा करिब ३० जोडीले भाग लिएका थिए ।
यो प्रतियोगिता अमेरिकाको मेन सहरमा आयोजना गरिएको थियो र यो प्रतियोगितालाइ द नर्थ अमेरिकन वाइफ क्यारीङ च्याम्पियनसिपका नामले चिनिन्छ । यो प्रतियोगितामा भाग लिने व्यक्तिहरूले धेरै कठिनाइहरूको पार गर्दै अन्तिम रेखासम्म पुग्नुपर्छ ।
यसक्रममा प्रतिस्पर्धीहरुले पानीमा दौडनुपर्छ, काठको ठूलो मुढाबाट हाम फाल्नुपर्छ र दलदले हिलोको पोखरि पार गर्नुपर्छ, त्यो पनि आफ्नी श्रीमतीलाई आफ्नो पिठयुँमा बोकेर । यो खेल सुन्दा र हेर्दा जति रमाइलो लाग्छ, यसको जरा भने उत्तिकै महिला विरोधी र रूढीवादी छ ।
यो खेल १९ औं शताब्दीको फिनिश किंवदन्तीमा आधारित छ जसमा ‘रोन्कानेन द रोबर’ नामक व्यक्तिले आफ्नो गिरोहसँग मिलेर गाउँहरु लुटेको र त्यहाँका महिलाहरूको अपहरण गरेको कुरा उल्लेख छ ।
खैर जे होस, यो खेलमा विजेताले के पाउँछ ? विजेतालाई उसको पार्टनरको तौल बराबरको बियर र पार्टनरको तौलको पाँच गुणा बराबरको रकम प्रदान गरिन्छ – भएन त मज्जा ?
प्रतिक्रिया