रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने

नेपालखोज २०८१ कार्तिक १० गते ७:२३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने जनाएकाे छ । बिहीबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलनलाई जारी राख्ने निर्णय गरेको हाे ।

बैठकले आन्दोलनका कार्यक्रमको स्वरुपबारे निर्णय गरेको छ । सहकारी ठगी प्रकरणमा मुछिएका पार्टी सभापति रवि लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

तर, रास्वपाले सरकारले प्रतिशोध साँधेर सभापति लामिछानेलाई पक्राउ गरेको निष्कर्ष निकालेको छ । पक्राउ परेलगत्तै सडक आन्दोलनमा उत्रिएको रास्वपाले बिहीबारसम्म पोखरामा प्रदर्शन गरेको थियो । हिजाे शुक्रबारबाट काठमाडाैंमा आन्दोलन सुरु गरेका थिए ।

प्रतिक्रिया