रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

नेपालखोज २०८१ कार्तिक १० गते ९:४५

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दैछ । रास्वपाले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनलाई कसरी प्रभावकारी बनाउनेलगायत विषयमा छलफल हुनेछ । बैठकको सभापतित्व कसले गर्नेछ भन्ने विषय भने खुलाइएको छैन ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वापाले शुक्रबारदेखि काठमाडौंमा आन्दोलन सुरु गरेको छ । 

प्रतिक्रिया