शनिबार, असार १४, २०८२

भारतीय प्रधानमन्त्री र जर्मन चान्सलरले गरे युक्रेन द्वन्द्वबारे गहिरो चिन्ता व्यक्त

नेपालखोज २०८१ कार्तिक १० गते १५:५५

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी र जर्मन चान्सलर ओलाफ सोल्सले युक्रेनमा बढ्दो द्वन्द्व र यसको दुखद मानवीय परिणामहरूमाथि गहिरो चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय कानून अनुरूप न्यायपूर्ण र स्थायी शान्तीको आवश्यकतामा जोड दिेएका छन् ।

युक्रेन द्वन्द्वमा आमनागरिकको ज्यान गएकोमा चिन्ता व्यक्त गर्दै दुबै नेताले गाजामा रहेका सबै बन्धकहरूलाई तत्काल रिहा गर्न पनि आह्वान गरेका छन् ।

शुक्रबार आयोजित सातौँ भारत–जर्मनी अन्तरसरकारी परामर्शपछि यो संयुक्त वक्तव्य जारी गरिएको हो ।

संयुक्त वक्तव्यमा, प्रधानमन्त्री मोदी र ओलाफ सोल्सले सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मानसहित संयुक्त राष्ट्र बडापत्रका उद्देश्य र सिद्धान्त, अन्तर्राष्ट्रिय कानूनको सिद्धान्त अनुरूप व्यापक, न्यायपूर्ण र स्थायी शान्तिको आवश्यकतालाई दोहोर्याए ।

विशेष गरी विकासशील र अल्पविकसित देशमा विश्वव्यापी खाद्य र ऊर्जा सुरक्षाको सन्दर्भमा युक्रेन युद्धले निम्त्याएको नकारात्मक प्रभावबारे पनि दुई नेताहरूले उल्लेख गरेका छन्।

प्रधानमन्त्री मोदी र चान्सलर सोल्सले विज्ञप्तीमार्फत मध्यपूर्वमा शान्ति र स्थिरता हासिल गर्ने आफ्नो साझा चासो व्यक्त गर्दै गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणको निन्दा गरे ।

दुई नेताले लेबनानमा द्रुत रूपमा बिग्रँदै गएको अवस्था बारे गहिरो चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया