नौं अंकले घट्दा चार अर्ब ७३ करोडको शेयर किनबेच

काठमाडाैं । साताको पहिलो कारोबार दिन नैं नेप्से घटेको छ । नेप्से आज आईतबार नौं दशमलव १९ अंकले घटेर २६ सय १७ दशमलव ९५ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४५ अंकले घटेर चार सय ६९ दशमलव ८० अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २० वटा कम्पनीहरुको ५६ हजार छ सय ४६ पटकको कारोबारमा एक करोड ११ लाख ३४ हजार एक सय ७८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ७३ करोड २४ लाख ८७ हजार आठ सय ६४ रुपैंयाँ पुगेको छ
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समुहको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैक समुहको सुचक १९ दशमलव ८४ अंकले घटेर १५ सय तीन दशमलव ६२ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि २६ दशमलव ८० अंकले घटेर पाँच हजार एक सय ५१ दशमलव शुन्य आठ अंकमा झरेको छ। यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ५५ दशमलव ९६ अंकले घटेर १२ हजार छ सय ५७ दशमलव ३३ अंकमा झरेकोमा लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् । फाईनान्स समुहको सुचक भने ३७ दशमलव १६ अंकले बढेर ३३ सय ६७ दशमलव ९४ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि १५ दशमलव ३८ अंकले बढेर तीन हजार दुई सय २८ दशमलव ३० अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ४६ दशमलव ७२ अंकले बढेर १२ हजार आठ सय २५ दशमलव ७८ अंकमा चढेकोमा होटल तथा पर्यटन र व्यापार समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लाईफ इ्न्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल एसबिआई बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आईसीएफसी फाईनान्स परेको छ ।
प्रतिक्रिया