आइतबार, जेठ ५, २०८२

पहाडी भू–भागमा वर्षाको सम्भावना

नेपालखोज २०८१ कार्तिक १२ गते ६:५३

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा हुने भएको छ । पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

विभागले दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । विभागले राति पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार हाल देशभर पश्चिमी वायुको साथै पहाडी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव छ ।

प्रतिक्रिया