आइतबार, जेठ ५, २०८२

युक्रेनको जनसङ्ख्या तीव्र गतिमा घट्दै

नेपालखोज २०८१ कार्तिक १२ गते ११:४१

काठमाडाैं । तथ्याङ्क अनुसार २०१४ मा युक्रेनको जनसंख्या लगभग ४.५ करोड थियो। आज त्यो घटेर ३.५ करोड मा पुगेको छ।

रुस र युक्रेनबीच जारी युद्धमा अहिलेसम्म कैयौंले ज्यान गुमाएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार रुसी आक्रमणपछि युक्रेनको जनसंख्यामा ठूलो गिरावट आएको छ ।

संयुक्त राष्ट्रसंघले रुसको पूर्ण आक्रमणपछि युक्रेनको जनसङ्ख्या एक करोडले घटेको जनाएको छ । यसको कारण ठूलो बसाइसराई , जन्मदरमा आएको गिरावट र युद्धका कारण हुने मृत्यु मुख्य हुन् ।

मानिसहरु घट्दै गएका छन्

संयुक्त राष्ट्र जनसंख्या कोष (UNFPA) को पूर्वी युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक फ्लोरेन्स बाउर भन्छन् – युक्रेनको कुल जनसंख्या २०१४ देखि १ करोडले र आक्रमणपछि २०२२ यता ८० लाखले घटेको छ ।

सन् १९९१ मा सोभियत संघको अन्त्य हुँदा युक्रेनको जनसङ्ख्या ५ करोडभन्दा बढी थियो तर धेरै पूर्वी युरोपेली र मध्य एसियाली देशहरू जस्तै २०२१ मा रुसी आक्रमणअघि युक्रेनको जनसङ्ख्या ४ करोड थियो ।
बाउर भन्छन् – युक्रेनको जनसंख्यामा आक्रमणको प्रभावको सही विश्लेषण तब मात्र सम्भव हुनेछ जब युद्ध समाप्त भएपछि फेरि जनगणना हुनेछ ।

एक करोड मानिस घटे

तथ्याङ्क अनुसार सन् २०१४ मा रुसले क्रिमियामा पहिलो पटक आक्रमण गर्दा युक्रेनको कुल जनसंख्या ४ करोड ५० लाख थियो। २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण शक्तिका साथ आक्रमण गर्दा जनसंख्या ४ . ३ करोडमा झरेको थियो र आज यो संख्या ३ करोड ५० लाखमा पुगेको छ । यो जानकारी सरकार र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) बाट प्राप्त भएको हो ।

जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै बाउरले भने – जनसंख्यामा यो गिरावट आउनुका धेरै कारणहरू छन्।

युद्ध हुनुअघि पनि युक्रेन युरोपमा सबैभन्दा कम जन्मदर भएको देश थियो र पूर्वी युरोपजस्तै यहाँबाट पनि धेरै मानिस पलायन भएका छन् । संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार गत वर्ष विश्वमा विस्थापित हुनेहरुको संख्या रेकर्ड स्तरमा थियो ।

जन्म दरको प्रभाव

फेब्रुअरी २०२२ मा आक्रमण सुरु भएको साढे दुई वर्ष यता करिब ६७ लाख मानिस शरणार्थीका रूपमा देश बाहिर गएका छन्। यसबाहेक देशको जन्मदरमा ठूलो गिरावट आएको छ । हाल यो प्रति महिला लगभग एक बच्चा छ जुन संसारमा सबैभन्दा कम हो। त्यहाँ जनसंख्या स्थिर राख्न महिलाका लागि प्रजनन दर २.१ कायम गरिएको छ ।
युद्धले युक्रेनका साथै रुसलाई पनि असर गरेको छ । वर्षको पहिलो ६ महिनामा रुसले सन् १९९९ यताकै सबैभन्दा कम जन्मदर रेकर्ड गरेको छ ।

बाउर भन्छन् – यो युद्धमा कति मानिसको मृत्यु भयो भन्ने तथ्याङ्क दिन गाह्रो छ, तर दश हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गर्न सकिन्छ ।

रोयटर्स/एएफपी

प्रतिक्रिया