सुनकाे मूल्यमा आज फेरि नयाँ रेकर्ड
नेपालखोज
२०८१ कार्तिक १३ गते १२:०६

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । आज मंगलबार छापावाल सुन प्रतितोला एक हजार ५०० बढेर एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यो मूल्य हालसम्मकै उच्च हो ।
सोमबार एक लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो । यो उच्च मूल्यलाई आज तोडेर छापावाल सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।
आज चाँदी प्रतितोला दुई हजार १०५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा यसदिन चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो । सोमबार चाँदी प्रतितोला दुई हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया