आइतबार, जेठ ५, २०८२

फलफूलको जुस पिउँदा पनि हृदयघातको जोखिम

नेपालखोज २०८१ कार्तिक १३ गते १२:३४

काठमाडाैं । अहिलेसम्म मानिसहरु सोडाजन्य पेय पदार्थलाई नराम्रो मान्ने गर्दथे तर हालै गरिएको एक अनुसन्धान अनुसार फलफूलको जुस पिउँदा पनि हृदयघातको जोखिम बढ्छ ।

ग्यालवे युनिभर्सिटी, म्याकमास्टर युनिभर्सिटी, क्यानाडा तथा अन्तर्राष्ट्रिय स्ट्रोक विशेषज्ञहरूको समूहले गरेको पछिल्लो अनुसन्धानले दिनमा दुई वा तीन पटक फलफूलको जुस पिउँदा जोखिम दोब्बर हुने देखाएको छ ।

वैज्ञानिकहरुका अनुसार डिब्बा वाला जूसमा चिनी र सिरप बाहेक अन्य कुनै पोषक तत्व हुँदैन । यसले स्ट्रोक हुने सम्भावना ३७ प्रतिशतले बढाउन सक्छ र महिलालाई पुरुषको तुलनामा बढी जोखिम हुने सम्भावना हुन्छ ।

सबै फलफूलको जुस एकै किसिमले तयार पारिदैन । ताजा फलफूल निचोरेर निकालिएको जुस फाइदाजनक हुन सक्छ तर अत्यधिक गुलियो र प्रिजर्भेटिभले भरिएको जुस हानिकारक हुन्छ -युनिभर्सिटी अफ ग्यालवेका प्रमुख विज्ञान अनुसन्धानकर्ता प्रोफेसर एन्ड्रयु स्मिथ भन्छन् ।

जर्नल अफ स्ट्रोकमा प्रकाशित यो अध्ययनले दैनिक चार कपभन्दा बढी कफी पिउनेहरुमा पनि स्ट्रोकको जोखिम बढने कुरा बताएको छ ।

प्रतिक्रिया