४६ अंकले बढ्दा छ अर्ब १२ करोडको शेयर खरिद बिक्री

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको तेस्रो कारोबार दिन आज मंगबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २७ दशमलव ४१ अंकले बढेको नेप्से आज पुन ४६ दशमलव ६९ अंकले बढेर २६ सय ९२ दशमलव शुन्य पाँच अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३३ अंकले बढेर चार सय ८१ दशमलव २८ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १९ वटा कम्पनीहरुको ६८ हजार छ सय १४ पटकको कारोबारमा एक करोड ३३ लाख ७३ हजार चार सय ८१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब १२ करोड ८२ लाख ६४ हजार पाँच सय ८० रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २४ दशमलव २८ अंकले बढेर १५ सय ३३ दशमलव १० अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय २१ दशमलव ६९ अंकले बढेर पाँच हजार तीन सय ५३ दशमलव ७९ अंकमा पुगेको छ । फाईनान्स समुहको सुुचक पनि १३ दशमलव ५६ अंकले बढेर तीन हजार चार सय ९८ दशमलव १९ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ६६ दशमलव ६१ अंकले बढेर तीन हजार तीन सय ४६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ३६ दशमलव शुन्य पाँच अंकले बढेर १३ हजार दुई सय ९८ दशमलव ४९ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि चार सय ५९ दशमलव ८० अंकले बढेर १३ हजार एक सय ९९ दशमलव शुन्य नौं अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सप्तकोशी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा निफ्रा ऊर्जा ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने समृद्धि फाईनान्स परेको छ ।
प्रतिक्रिया