आइतबार, जेठ ५, २०८२

ढकाल जलवायुविज्ञ सल्लाहकार नियुक्त

नेपालखोज २०८१ कार्तिक १३ गते २०:१७

काठमाडौं । जलवायुविज्ञ मञ्जित ढकाल वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको अवैतनिक जलवायु विज्ञ सल्लाहकार नियुक्त भएको छ ।

मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय राख्ने तयारीसँगै शाहीले जलवायु विज्ञ सल्लाहकार नियुक्त गरेका उनको सचिवालयले जनाएको छ ।

विगत दुई दशकदेखि यस क्षेत्रमा क्रियाशील ढकालले जलवायु परिवर्तनका बहुपक्षीय वार्तामा अतिकम विकसित राष्ट्रको जलवायुविज्ञ सल्लाहकार भई काम गरिसकेका छन् ।

प्रतिक्रिया