शनिबार, वैशाख १३, २०८२

नेप्सेमा १४ अंकले गिरावट, झण्डै छ अर्बको शेयर किनबेच

नेपालखोज २०८१ कार्तिक १४ गते १५:५०

काठमाडौं । तिहारअघिको अन्तिम कारोबार दिन आज बुधबार नेप्से घटेको छ । अघिल्लो दिन ४६ दशमलव ८९ अंकले बढेको नेप्से आज भने १४ दशमलव ४३ अंकले घटेर २६ सय ७७ दशमलव ६२ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४६ अंकले घटेर चार सय ७८ दशमलव ८२ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय पाँच वटा कम्पनीहरुको ५९ हजार छ सय ९८ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड २० लाख ६९ हजार आठ सय ७८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ९५ करोड ३९ लाख ५० हजार सात सय ८७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये निर्जीवन बीमा समुहको सुचक ६५ दशमलव ४२ अंकले बढेर १३ हजार दुई सय ६४ दशमलव ५२ अंकमा चढेकोमा होटल तथा पर्यटन र व्यापार समुहको सुचक पनि क्रमशः एक सय ६७ दशमलव ३७ र ११ दशमलव ५२ अंकले बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने ११ दशमलव शुन्य नौं अंकले घटेर १५ सय २२ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि २३ दशमलव ४८ अंकले घटेर पाँच हजार तीन सय ३० दशमलव ३० अंकमा झरेको छ । जलबिद्युत समुहको सुचक पनि ११ दशमलव ११ अंकले घटेर तीन हजार तीन सय ३४ दशमलव ८८ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय ३१ दशमलव शुन्य एक अंकले घटेर १३ हजार एक सय ६७ दशमलव ४७ अंकमा झरेको छ । यि बाहेक फाइनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुुचीमा पहिलो स्थानमा गुराँस लघुवित्त वित्तीय संस्था संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जानकी फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड परेको छ ।

प्रतिक्रिया