शनिबार, असार १४, २०८२

मिसाइल उत्पादनमा इजरायली आक्रमणको कुनै असर परेन : इरान

नेपालखोज २०८१ कार्तिक १४ गते १९:३०

तेहरान । इरानले बुधबार गत हप्ता त्यस्ता सुविधाहरूलाई लक्षित गरी गरिएका इजरायली हवाई आक्रमणहरूपछि पनि आफ्नो मिसाइल उत्पादन अक्षुण्ण रहेको बताएको छ ।

‘मिसाइल जस्ता आक्रामक प्रणालीहरूको उत्पादन प्रक्रियामा कुनै अवरोध आएको छैन’, रक्षामन्त्री अजिज नसिरजादेहले पत्रकारहरूलाई भने, ‘शत्रुले हाम्रा रक्षात्मक र आक्रामक दुवै प्रणालीलाई क्षति पुर्याउने प्रयास गर्यो ‘

इरान समर्थित लडाकू नेताहरू र रिभोल्युसनरी गार्ड्सका कमान्डरको हत्यापछि अक्टोबर १ मा भएको तेहरानको मिसाइल आक्रमणको जवाफमा इजरायलले शनिबार इरानका सैन्य स्थलहरूमा आक्रमण गरेको थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणहरूले इरानको रक्षा क्षमता र मिसाइल उत्पादनमा प्रहार गरेको बताए ।

इरानका सशस्त्र बलहरूले आक्रमणमा चार सैनिकको मृत्यु भएको र केही राडार प्रणालीहरूमा ‘सीमित क्षति’ पुगेको बताए । इरानी सञ्चार माध्यमले एक सर्वसाधारणको पनि मृत्यु भएको बताएका छन् ।

इजरायलले इरानलाई प्रतिकार नगर्न चेतावनी दिएको छ । तेहरानले भने युद्ध नचाहको भन्दै ‘उपयुक्त जवाफ’ दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया