इन्दिरा गान्धीको पूण्यतिथि
शिशाको तल लेखिएको यो शव्दहरू वारम्वार पढ्छु, यस्तो लाग्छ, इन्दिरा गान्धीलाई आफ्नो मृत्युको आभास पहिले नै भैसकेको थियो ।
If I die a violent death as some fear and a few are plotting, I know the violence will be in the thought and the action of the assassins and not in my dying; for no hate is dark enough to overshadow the extent of my love for my people and my country and no force strong enough to divert me from my purpose and my endeavour to take this country forward.
इन्दिरा गान्धीको हत्या भएको सफदरजङ्ग स्थित इन्दिरा गान्धी निवासस्थल नजिकै को यो स्थान । यहाँ म धेरै चोटी पुगेको छु । सिखहरुको धार्मिक स्थल स्वर्ण मन्दिरमा सेना परिचालन गरेको बदला दुइ सिख सैनिकले लिएका थिए । अमृतसरको स्वर्ण मन्दिरमा सिख आतंकवादी जर्नेलसिंह भिन्डरावालेले आश्रय स्थल बनाएर बसेका थिए । मन्दिर जस्तो पवित्र ठाउँमा एक आतंकवादी हतियार र गोलावारुद सहित बसेका थिए ।
उनलाई हटाउन वा हत्या गर्न इन्दिरा गान्धीले सेना परिचालन गरेका थिए । यसैको बदला इन्दिरा गान्धीको हत्या थियो । के कसैको हत्या नै समस्याको समाधान हो त ? ३१ अक्टोवर १९८४ को बिहान ९:२० मा इन्दिरा गान्धीको हत्या भयो । त्यसपछि भारतमा सिख विरोधी आन्दोलन शुरू भयो । हत्या, हिंसा तथा आगलागी भयो ।
यसको साम्य भए पछि म पहिलो पटक सन १९८५ को जुलाइमा दिल्ली घुम्न पुगेको थिएँ । त्यो समय निकै भयावह थियो । अन्तिम पटक सन २०१३ मा छोरीलाई घुमाउन लगेको थिए । त्यही समय यो तस्बिर छोरीले खिचेको थियो ।
प्रतिक्रिया