चिनियाँ राष्ट्रपति सी र युएईका राष्ट्रपति मोहम्मद बीच बधाई तथा शुभकामना आदान–प्रदान

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले शुक्रबार दुई देशको कूटनीतिक सम्बन्धको ४० औँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना सन्देश आदान –प्रदान गरेका छन् ।
चिनियाँ राष्ट्रपति सीले चीन र संयुक्त अरब इमिरेट्स असल मित्र रहेकाले एक अर्कालाई विश्वास गरी द्धिपक्षिय सहयोगका लागि असल साझेदार रहने बताएका छन् ।
उनका अनुसार कूटनीतिक सम्बन्ध स्थापना भएदेखि चीन–संयुक्त अरब इमिरेट्सले राजनीतिक विश्वास, विकास र रणनीतिको तालमेल गर्दै विभिन्न क्षेत्रमा सहयोग, सांस्कृतिक आदानप्रदान र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा समन्वय कायम राखेको छ ।
सीले गत मे महिनामा मोहम्मदको चीन भ्रमणको क्रममा दुई राष्ट्र प्रमुखहरू सहमतिमा अर्को चरणमा चीन–युएई सम्बन्ध विकास गर्ने मार्ग तय गरेकोसमेत जनाएका छन्।
सीले चीन–युएई सम्बन्धलाई आत्मसाथ गर्दै कूटनीतिक सम्बन्धको ४० औं वार्षिकोत्सवको सन्दर्भमा मोहम्मदसँग थप काम गर्न तयार रहेको जनाएका छन् ।
प्रतिक्रिया