आइतबार, जेठ ६, २०८१

स्व. झलकमान गन्धर्वको जन्मजयन्तीमा सारङ्गी वादन प्रतियोगिता हुने

नेपालखोज २०८० वैशाख १२ गते ९:०५

काठमाडौं । लोकगायक स्व झलकमान गन्धर्वको ८८औँ जन्मजयन्तीका अवसरमा पोखरामा सारङ्गी वादन प्रतियोगिता हुने भएको छ ।

नेपाल गन्धर्व समुदाय विकास केन्द्र र झलकमान गन्धर्व सारङ्गी पाठशाला संयुक्त आयोजनामा झलकमान गन्धर्व राष्ट्रिय सारङ्गी वादन प्रतियोगिता हुने भएको हो ।

‘हाम्रो संस्कृति हाम्रो पहिचान, सारङ्गी संरक्षण हाम्रो अभियान’ नारासहित वैशाख १६ गते प्रतियोगिता हुने केन्द्रका अध्यक्ष सूर्यबहादुर गायकले जानकारी दिएका छन् ।

प्रतियोगितालाई सारङ्गी सम्मेलनका रुपमा पनि लिइएको छ । पोखरा महानगरपालिका सामाजिक विकास माहाशाखाले कार्यक्रमलाई सघाएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । चौथो र सान्त्वना पुरस्कारस्वरुप सात हजार पाँच सय र दुई हजार पाँच सय रुपैयाँ प्रदान गरिने केन्द्रका अध्यक्ष गायकले जानकारी दिए ।

निःशुल्क प्रवेश पाइने प्रतियोगितामा भाग लिन ४० जनाले नाम टिपाएका छन् । गन्धर्व समुदाय बाहिरकाले पनि प्रतियोगितामा भाग लिन पाउने केन्द्रका संरक्षक बलराम गायकले बताए ।

प्रतिक्रिया