फिल गुड मुभि
आजको जीवनमा यति व्यस्त भएको छ कि कहिलेकाहीँ हामी निकै थकित र निराश महसुस गर्छौं । जब हामी आफुलाइ कमजोर महसुस गर्छौ तब यी पाँच चलचित्र हेर्नसक्छौं । यी चलचित्रले हामिलाई खुसी बनाउनुका साथसाथै शान्ति पनि दिनेछन ।
आजको जीवनमा, हरेक दिन यति व्यस्त भएको छ कि कहिलेकाहीँ हामी धेरै निराश महसुस गर्छौं। सामाजिक सञ्जाल र अन्य धेरै कुराहरूमा सबैसँग आफूलाई तुलना गर्दा हामी आफैलाई कमजोर महसुस गर्छौ ।
यद्यपि चिन्ता गर्नुपर्ने कुनै कारण छैन । यदि तपाईंको मुड खराब छ र तपाईं फेरि सकारात्मक महसुस गर्न चाहनुहुन्छ भने तपाईंका लागि केहि उत्कृष्ट चलचित्रको सूची छ । यी चलचित्रले तपाइँको मुडलाई मात्र बनाउँदैन यसले तपाइँलाई राम्रो भाइब्स पनि दिन्छ।
जीवनको तनावबाट केही राहत चाहने र आफ्नो मुडलाई ताजा बनाउने हो भने यी पाँच चलचित्र उत्तम उपचार साबित हुनसक्छन् । यी चलचित्र हेरेपछि तपाईंले धेरै राम्रो महसुस गर्नुहुनेछ र तपाईं फेरि पूर्ण रूपमा चार्ज हुनुहुनेछ १
स्टेनलीका डब्बा
यदि तपाईंलाई प्यारा र हृदय छुने कथाहरू मनपर्छन भने तपाईंले यो चलचित्र मन पराउनुहुनेछ। यो स्टेनली नामको बालकको कथा हो जसले स्कूलमा खाजाको बक्स लादैन। उनका शिक्षक यसबाट धेरै दुखी छन् र उनले अन्य बालबालिकाहरूलाई स्टेनलीसँग आफ्नो खाना बाँड्न भन्छन्। एक दिन शिक्षकले उनलाई अल्टिमेटम दिन्छन् कि टिफिन नल्याउने हो भने उनी स्कुल आउन सक्दैउनि । यो फिल्म प्यारो छ र अलिकति भावुक पनि । यो फ्लिल्म यूट्यूब ( YouTube ) मा उपलब्ध छ ।
निल बटे सन्नाटा
यो चलचित्रमा एउटी आमाले छोरीलाई पढाइमा उत्प्रेरित गर्न कसरी रमाइलो योजना बनाउँछिन् भन्ने कुरा देखाइएको छ । यदि तपाईलाई प्रेरणा चाहिएको छ वा आमा र छोरीको मिठो सम्बन्ध हेर्न चाहनुहुन्छ भने यो फिल्म एकदम सही छ। यसमा स्वरा भास्कर र पंकज त्रिपाठीको दमदार अभिनय छ । यो चलचित्र प्राइम भिडियोमा हेर्न सकिन्छ ।
तू है मेरा संडे
यो चलचित्रले मुम्बई जस्तो भीडभाडयुक्त सहरमा फुटबल खेल्न कति गाह्रो हुन्छ भन्ने कुरा देखाएको छ । पाँचजना साथीको यो कथा निकै सान्दर्भिक पनि छ जसले हामीलाई जीवनको आनन्द लिन ठूला अवसरहरू चाहिँदैन भन्ने कुरा सिकाउँछ। डिज्नी प्लस हटस्टारमा रमाईलो र मित्रताले भरिएको यो चलचित्र हेर्न सकिन्छ।
खोसला का घोंसला
के तपाईंले कहिल्यै सोच्नुभएको छ यदि कसैले तपाईंको सम्पत्ति हडपियो भने के गर्ने रु यो चलचित्रमा पनि यस्तै हुन्छ । कमल खोसलाको जग्गा एक ठगले खाइदिन्छ तर खोसलाका छोरा र उनका साथीहरूले त्यसलाई फिर्ता लिन एउटा धूर्त योजना बनाउँछन । यो चलचित्र निकै रमाइलो र फन्नी छ । यसलाई हामी हटस्टार (Hotstar ) मा हेर्न सक्छौ ।
कारवां
यदि तपाईलाई सडक यात्रा र जीवनको अनौठो मोड मन पर्छ भने यो चलचित्रले तपाईलाई धेरै रमाइलो दिनेछ । यसमा इरफान खान र दुल्कर सलमानको उत्कृष्ट अभिनय छ र यात्राले तपाईको जीवनलाई कसरी परिवर्तन गर्न सक्छ भन्ने देखाउँछ। यो चलचित्र प्राइम भिडियोमा हेर्न सकिन्छ
प्रतिक्रिया