सबैभन्दा बढी तस्करी हुने जिवजन्तु

वन्यजन्तु तस्करी विश्वको चौथो ठूलो अवैध व्यापार हो । यसले धेरै प्रजातिका जिवजन्तुलाई लोप हुने अवस्थामा पुर्याएको छ । अमेरिकी गृह सुरक्षा मन्त्रालयका अनुसार संसारमा केहि जनावरको तस्करी सबैभन्दा बढी हुने गरेको छ।
सबैभन्दा बढी तस्करी हुने : गैंडा -२९ प्रतिशत)
विश्वमा सबैभन्दा बढी गैंडाको तस्करी हुने गरेको छ । गैंडाको शिकार उसको सीङ (खाग) का लागि गरिन्छ । कतिपय देशमा ओैषधि तथा गहनाका लागि पनि यसको प्रयोग गरिन्छ।
प्यांगोलिन (२८ प्रतिशत)
प्यांगोलिनको छाला र अन्य अंगहरू परम्परागत औषधिहरूमा प्रयोग गरिन्छ । यो संसारमा सबैभन्दा धेरै तस्करी हुने स्तनपायी हो ।
हात्ती (१५ प्रतिशत)
हात्तीलाई यसको दाँतका कारण मारिन्छ । यसले हात्तीलाई लोप हुने अवस्थामा पुर्याएको छ ।
इल माछा र गोही (५ प्रतिशत)
इल माछालाई तिनको मासुका लागि तस्करी गरिन्छ । एसियाली देशहरूमा यसको विशेष परिकार प्रसिद्ध छ । त्यसैगरी जनाबरको कुल तस्करीको पाँच प्रतिशत गोहीले ओगटेको छ । गोहीको तस्करी यसको छाला र मासुका लागि हुने गरेको छ। गोहिको छालाबाट महँगा फेसन सामाग्री पनि तयार पारिन्छ ।
सुगा , मांसाहारी जिव तथा कछुवा (२ प्रतिशत)
सुगा र कोकाटु जस्ता रंगीन चराहरू तिनको सुन्दर प्वाँख तथा घरपालुवा जनावरका रूपमा लोकप्रिय भएका कारण बेचबिखन हुन्छन् । त्यसैगरी बाघ र चितुवा जस्ता मांसाहारीहरू आफ्नो छाला, हड्डी र अन्य अंगका लागि बेचबिखन गरिन्छन । यीनको प्रयोग परम्परागत औषधि र सजावटी कपडाहरूमा पनि गरिन्छ।
कछुवा मासु, छाला र घरपालुवा जनावरका रूपमा तस्करी हुन्छ ।
सर्प (२ प्रतिशत)
तस्करी हुने जनावरहरूमा सुगा र कछुवासहित सर्प नम्बर ६ मा छ । सर्पको तस्करी यसको छाला र विषका लागि हुने गरेको छ । सर्पको छाला र विष फेसन उद्योग र औषधिय प्रयोगमा ल्याइन्छ ।

प्रतिक्रिया