बिहीबार, असार १९, २०८२

वैदेशिक रोजगारीमा जाने कामदारप्रति सरकार गैरजिम्मेवार बन्दा कामदार सास्तीमा

नेपालखोज २०८१ कार्तिक २१ गते १०:४३

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारप्रति सरकार गैरजिम्मेवार बन्दा कामदार सास्तीमा परेका छन्।

अन्तर्राष्ट्रिय उडानको भाडा अस्वभाविकरुपमा बढेपछि वैदेशिक रोजगारीमा जाने कामदारमाथि चर्का आर्थिक भार थपिएको छ। हवाई भाडा अस्वभाविकरुपम बढेपछि यूएई, कतार र साउदी अरबियालगायतका देशमा जाने नेपाली कामदार मारमा परेका छन् । टिकटको मूल्य एक्कासी बढेको छ । कुनै समय ३० – ३५ हजार पर्ने टिकट अहिले ८० देखी १ लाख सम्म पर्ने भएको छ ।

हवाई टिकटको समस्याले कामदार जान नपाएको व्यवसायीहरु बताउँछन् । एजेन्सीको नाममा सिट बुक गरेर ब्लक गर्ने, होल्ड गर्ने गरिएका कारणले हवाई भाडा स्वतः महँगो भएको व्यवसायीहरुको भनाइ छ ।

हवाई टिकट अनावश्यकरुपमा महँगो भएपछि शून्य लागतमा कामदार लैजाने रोजगारदाताहरु चिढिने, लागत बढी भए नेपाली कामदार लिने रोजगारदाता अन्यत्र डाइभर्ट हुने खतरा रहेको व्यवसायीहरुको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अस्वभाविकरुपमा बढेको हवाई टिकटको बारेमा छानबिन गर्ने आश्वासन दिएका छन् थिए । तर त्यो आश्वासन –आश्वासनमा मात्रै सिमित भएको छ । हवाई भाडा स्वभाविकरुपमा बढेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले छानबिन गर्ने गरेको थियो तर यसपटक भाडा दुई गुणा बढी हुँदा पनि त्यसको सम्बोधनका लागि छानबिन अघि नबढाइएको वैदेशिक रोजगार व्यवसायीहरुको गुनासो छ ।

प्रतिक्रिया