जहाँ पत्रकारहरु बेपत्ता छन् !
काठमाडाैं । विश्वभर हरेक वर्ष सयौं पत्रकार मारिन्छन् भने दर्जनौं बेपत्ता हुन्छन् । यसरी मारिने र हराउने पत्रकारहरुको संख्या निरन्तर बढिरहेको छ ।
रिपोर्टर्स विदाउट बोर्डर्सका अनुसार विगत २४ वर्षमा विश्वभर कम्तीमा २१७ सञ्चारकर्मी बेपत्ता भएका छन् । जसमा सरकारी र गैरसरकारी तवरबाट बेपत्ता भएका पत्रकारहरु पर्छन् ।
मेक्सिकोमा सबैभन्दा बढि
मेक्सिकोमा २००० यता ३७ जना मिडियाकर्मी बेपत्ता भएका छन् , जसमध्ये ३१ वटा मुद्दा अझै अनुसन्धानमा छन् । यसका साथै मेक्सिकोमा सन् २००० देखि २०२४ सम्म १५२ जना पत्रकारको हत्या भएको छ ।
सिरिया
सिरियामा विगत २४ वर्षमा ३५ जना सञ्चारकर्मी बेपत्ता भएका छन्, जसमध्ये सबैभन्दा धेरै २६ जना सन् २०११ र २०१४ को बीचमा बेपत्ता पारिएका थिए । सिरियन नेटवर्क फर ह्युमन राइट्सका अनुसार सन् २०११ देखि सिरियामा कम्तीमा ६५,००० मानिस जबर्जस्ती बेपत्ता भएका छन्।
पाकिस्तान
पाकिस्तानमा विगत २४ वर्षमा २२ जना पत्रकार बेपत्ता पारिएका छन् भने यमनमा १२ जना पत्रकार बेपत्ता भएका छन्। यो वर्ष भारतमा कुनै पत्रकारको हत्या भएन तर चार जना पत्रकार पक्राउ परे ।
यस्ता घटना बढि नै रहेका छन्
आरएसएफका अनुसार पत्रकारहरू जबरजस्ती बेपत्ता पारिने काम कम भैरहेको छैन बरु यस्तो किसिमको काममा धेरै विविधता आएको छ र यो संसारभर फैलिरहेको छ । हरेक वर्ष तुलनात्मक रुपमा अझ बढि पत्रकार तथा ब्लगरहरू यश किसिमका घटनाको सिकार भैरहेका छन् ।
आरएसएफका महासचिव क्रिस्टोफ डेलोयरले चीन, सिरिया , अफ्रिका र दक्षिण अमेरिकाका विभिन्न देशमा जबरजस्ती बेपत्ता पार्ने अभ्यासको विकास र प्रसार भएको बताएका छन् भने उनका अनुसार यसबाट पीडितहरूको संख्या पनि निरन्तर बढिरहेको छ ।
प्रतिक्रिया