६६ खर्ब ४० अर्ब पुग्यो बैंकिङ क्षेत्रको कुल निक्षेप
काठमाडौं । बैंकिङ क्षेत्रको कुल निक्षेप ६६ खर्ब ४० अर्ब रुपैंयाँ पुगेको छ । नेपाल राष्ट्र बैकले पछिल्लो पटक अधावधिक गरेको बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा प्रवाह सम्वन्धी प्रतिवेदन अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका कुल ५४ वटा संस्थाहरुले उक्त परिमाणमा निक्षेप संकलन गरेका हुन ।
राष्ट्र बैंकका अनुुसार बैंकिङ क्षेत्रले पछिल्लो अवधिमा संकलन गरेको कुल निक्षेप रकम मध्येमा बाँणिज्य बैकहरुले मात्र कुल ५९ खर्ब चार अर्ब रुपैंयाँ निक्षेप संकलन गरेका छन् । यसैगरी बिकास बैंक र फाईनान्स कम्पनीहरुले पनि पछिल्लो अवधिमा सात खर्ब ३६ अर्ब रुपैंयाँ निक्षेप संकलन गरेका छन् ।
बैंकिङ क्षेत्रको कुल कर्जा रकम भने पछिल्लो अवधिमा ५२ खर्ब ७६ अर्ब रुपैंयाँ पुगेको छ । उक्त कर्जा मध्ये बाँणिज्य बैकहरुले मात्र प्रवाह गरेको कर्जा रकम ४६ खर्ब ७१ अर्ब रुपैयाँ रहेको छ भने बिकास बैंक र फाईनान्स कम्पनीहरुले प्रवाह गरेको कर्जा रकम छ खर्ब पाँच अर्ब रुपैंयाँ रहेको छ । यस अवधिमा बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा अनुपात अर्थात सिडी रेसियो ७८ दशमलव १२ प्रतिशत रहेको छ भने अन्तर बैंक व्याजदर तीन प्रतिशत रहेको छ ।
प्रतिक्रिया