शनिबार, माघ १२, २०८१

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्छ :वरिष्ठ नेता पौडेल

नेपालखोज २०७७ माघ १७ गते १९:२२

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर–२ ले मेलम्चीमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै पौडेलले प्रतिनिधिसभा पुर्नस्थापन हुने विश्वास व्यक्त गरेका हुन् ।

Advertisement

वरिष्ठ नेता पौडेलले संविधान बचाएर संसद् पुर्नस्थापन गरेर निर्वाचनमा जाने कांग्रेसको अडान रहेको बताए । ‘‘संविधान बचाएर, संसद् पुर्नस्थापन गरेर चुनावमा जाने हो,’’ पौडेलले भने, ‘‘लोकतन्त्र, संविधान र राष्ट्र जोगाउने अभिभारा कांग्रेसको काँधमा आएको छ । कांग्रेस जे बोल्छ, त्यो गर्छ । कांग्रेसले संविधान बचाउँछ ।’’

उनले नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक ठहर गरेको भन्दै संसद् पुनःस्थापना नै कांग्रेसको गन्तव्य भएको बताए ।

प्रतिक्रिया