अमेरिकाविरोधी गतिविधिमा संलग्न भएको आरोपमा अवामी लिगका नेता कार्यकर्ता पक्राउ

ढाका । अमेरिकाविरोधी गतिविधिमा संलग्न भएको आरोपमा अवामी लिगका नेता कार्यकर्ता पक्राउ गरिएको बङ्गलादेशको प्रहरीले जानकारी गराएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्लेकार्डसहित प्रदर्शन गर्न आदेश दिएपछि बंगलादेशका अपदस्थ पूर्व नेता शेख वाजेद हसिनाका समर्थकलाई पक्राउ गरिएको प्रहरीले आइतबार जनाएको हो। पूर्व प्रधानमन्त्री शेख हसिना गत अगष्ट ५ मा हेलिकप्टरबाट भारत तर्फ भागेकी थिइन् ।
त्यसयता नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा कामचलाउ सरकारले कार्यभार सम्हाल्दै आएको छ । यसलाई लोकतान्त्रिक सुधार कार्यान्वयन गर्ने र निर्वाचन गराउने जिम्मेवारी दिइएको छ ।
प्रहरीले ‘देश विरोधी’ को संज्ञा दिएको १० जना प्रदर्शनकारीलाई शनिबार राति पक्राउ गरेको थियो र करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशलाई अस्थिर बनाउने प्रयास गरेको आरोप लगाइएको थियो।
ढाका महानगर प्रहरीका प्रवक्ता मोहम्मद तालेबुर रहमानले भने, ‘हामी उनीहरूको अपराधको मूल्याङ्कन गरिरहेका छौँ।’
हसिनाको अवामी लिगले आइतबार आयोजना गरेको धम्कीपूर्ण ¥यालीको पूर्वसन्ध्यामा उक्त सानो विरोध प्रदर्शन भएको थियो, जसलाई अन्तरिम सरकारले ‘फाँसीवादी’ गतिविधि भन्दै प्रतिबन्ध लगाएको थियो । विद्यार्थीहरूले ढाकाको मध्य भागमा विरोध प्रदर्शनको आह्वान गरेका छन्।
हसिनाको शासन ढलेपछि उहाँका दर्जनौँ सहयोगीलाई गिरफ्तार गरिएको छ र पूर्व प्रधानमन्त्री हसिनाविरूद्ध आन्दोलनका क्रममा ७०० भन्दा बढी व्यक्तिको ज्यान जाने गरी भएको प्रहरी कारबाहीमा दोषी ठहर गरिएको छ । अवामी लिगप्रति वफादार अन्य नेताहरू लुकेर बसेका छन् ।
हसिनाको अडियो रेकर्डिङ सामाजिक सञ्जालमा भाइरल भएपछि उनका समर्थकलाई आइतबार प्रदर्शन गर्न र ट्रम्पको फोटो र अमेरिकी झण्डा अङ्कित प्लेकार्ड बोक्न आग्रह गरिएको प्रहरीले जनाएको छ ।
हसिनाको पार्टीले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले सरकारले बिना प्रमाण उहाँको शासनको विरोधमा प्रदर्शनलाई प्रोत्साहित गरेको आरोप लगाएको थियो ।
उनको १५ वर्ष लामो शासनकालमा विपक्षीहरूलाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्नबाट रोक्ने घटनाहरू भएका थिए।
प्रतिक्रिया