सोमबार, मंसिर २४, २०८१

२२ अंकले बढ्दा ११ अर्ब ३१ करोडको शेयर किनबेच

नेपालखोज २०८१ कार्तिक २६ गते १५:४८

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको दोस्रो कारोबार दिन आज सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ६२ दशमलव ५४ अंकले बढेको नेप्से आज पुन २२ दशमलव १४ अंकले बढेर २७ सय ६० दशमलव २१ अंकमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६१ अंकले बढेर चार सय ९० दशमलव ७२ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय दुई वटा कम्पनीहरुको एक लाख १३ हजार नौं सय ६४ पटकको कारोबारमा दुई करोड ४५ लाख ५७ हजार एक सय ५३ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ११ अर्ब ३१ करोड ५२ लाख सात हजार एक सय २७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १६ दशमलव तीन अंकले बढेर १५ सय ४७ दशमलव ६० अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि दुई सय २४ दशमलव ६४ अंकले बढेर १३ हजार सात सय १२ दशमलव १६ अंकमा पुगेको छ । यसैगरी लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः एक दशमलव ३८, शुन् दशमलव ९७, एक सय ६१ दशमलव ४६, शुन्य दशमलव शुन्य तीन, चार दशमनव ५० र २६ दशमलव ६० अंकले बढेका छन् । बिकास बैंक समुहको सुचक भने पाँच दशमलव ९२ अंकले घटेर पाँच हजार चार सय ८२ दशमलव ५० अंकमा झरेकोम फाईनान्स समुहको सुचक पनि ११ दशमलव शुन्य एक अंकले घटेर तीन हजार पाँच सय ७३ दशमलव २२ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि एक दशमलव ८२ अंकले घट्दा निर्जीवन बीमा र होटल तथा पर्यटन समुहको सुचक पनि क्रमशः ३० दशमलव ५७ र एक दशमलव ८२ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्पोट लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा इष्र्टन हाईड्रोपावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने साहास ऊर्जा लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया