राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे चीन भ्रमणमा
काठमाण्डौं । जनवादी गणतन्त्र चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा आयोजना हुने दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा भाग लिनका लागि उपाध्यक्ष घिमिरे चीनको छेन्दु प्रस्थान गरेकी हुन ।
उनी आज अपराह्न्न १२.२० बजे को सिचुवान एयरलायन्सको उडानबाट छेन्दु तर्फ प्रस्थान गरेकी हुन । कार्तिक २८ देखि ३० गते सम्म हुने दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका प्रबक्ता एकराम गिरीले जानकारी दिईन ।
उपाध्यक्ष घिमिरेले भ्रमणका क्रममा जियाङ्सु, बेइजिङ र हुबेई प्रान्तको भ्रमण गर्ने र जनकंग्रेसका प्रान्तीय पदाधिकारी तथा प्रान्तीय बिशिष्ट पदाधिकारीहरु संग भेटवार्ता गर्नुहुने छ । उहाँ भ्रमण सम्पन्न गरेर मंसिर ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
उपाध्यक्ष घिमिरे संगै उनका श्रीमान दुर्गाप्रसाद आचार्य र स्वकिय सचिव प्रेमबहादुर सिंह पनि भ्रमणमा सहभागी रहेका छन् ।
प्रतिक्रिया