११ अंकले घट्दा सात अर्ब ८५ करोडको शेयर कारोबार
नेप्सेमा दोहोरो अंकले गिरावट
काठमाडौं । नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । अघिल्लो दुई दिन लगातार बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने ११ दशमलव २४ अंकले घटेर २७ सय ४८ दशमलव ९६ अंकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९३ अंकले घटेर चार सय ८८ दशमलव ७८ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय १२ वटा कम्पनीहरुको ८२ हजार पाँच सय ७० पटक शेयर किनबेच भएको छ । जसअन्र्तगत एक करोड ६७ लाख ८६ हजार नौं सय ३४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ८५ करोड ९७ लाख ४० हजार सात सय ९८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा तीन वटा समुहको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये फाईनान्स समुहको सुचक ४० दशमलव ३५ अंंकले बढेर ३६ सय १३ दशमलव ५७ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि १८ दशमलव १५ अंकले बढेर १३ हजार पाँच सय ३५ दशमलव ७७ अंकमा पुगेको छ । यसैगरी व्यापार समुहको सुचक पनि १३ दशमलव शुन्य आठ अंकले बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने पाँच दशमलव ४७ अंकले घटेर १५ सय ४२ दशमलव १३ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि १७ दशमलव १४ अंकले घटेर पाँच हजार चार सय ६५ दशमलव ३६ अंकमा झरेको छ । जलबिद्युत समुहको सुचक पनि २० दशमलव २७ अंकले घटेर तीन हजार चार सय ९८ दशमलव शुन्य तीन अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ६१ दशमलव ५९ अंकले घटेर १३ हजार छ सय ५० दशमलव ५७ अंकमा झरेको छ । यसैगरी होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि क्रमशः १० दशमलव ६८, शुन्य दशमलव ३८, दुई दशमलव १२, ३५ दशमलव २३, शुन्य दशमलव शुन्य तीन र २५ दशमलव १७ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुराँस लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुडविल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पनि पहिलो स्थानमा गुडविल फाईनान्स नैं परेको छ ।
प्रतिक्रिया