कृष्णलाई कसरी पुकार्ने ?
हिन्दु धर्मशास्त्रअनुसार बुधबारको दिन बुध ग्रहप्रति समर्पित छ । बुधबारको व्रत बुधग्रहको कुप्रभावको शान्तिकामनाका निम्ति एवं धन, बुद्धि, विद्या र व्यापार वृद्धिका लागि पालना गर्ने गरिन्छ ।
कुनै नयाँ कामको थालनाका लागि बुधबारको दिन अति शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल प्राप्त गर्ने विश्वास गरिन्छ । यो व्रत विशाखा नक्षत्रयुक्त बुधबारबाट सुरु गर्नुपर्छ । यसलाई कमसेकम ७ वटा बुधबारसम्म लिएर मात्र उद्यापन गर्नुपर्छ ।
व्रत सुरु गर्ने दिन बिहान स्नान गरी शुद्ध भई हरियो कपडा लगाएर भगवानसामु विष्णु नाम जप गर्नुपर्छ । ‘ॐ बुधाय नमः’ मन्त्रलाई जप गर्नुपर्छ । यो व्रतमा पनि एकछाक नुन बार्नुपर्छ ।
भोजनमा घ्यू, मुंगको दाल अथवा मुंगको दालबाट बनेका परिकार ग्रहण गर्नुपर्छ । दान गर्दा पनि यिनै चीजहरू दान गर्नुपर्छ । अन्तिम बुधबारचाहिँ दही, घ्यूले हवन गरी हरियो कपडा दान गर्नुपर्छ । गाई छ भने गाईलाई सेवा गर्ने गर्नुपर्छ ।
बुधबार कृष्णलाई पुकार्ने विधि :
ईश्वरको पूजा, प्रार्थना, शक्तिको उपासना परापूर्वकालदेखि हरेक धर्म, संस्कृतिको अभिन्न अंग बन्दै आएको छ । सबैजसो धर्ममा भक्ति गीत, भजन, मन्त्र, संगीत, नृत्य एवं ध्यान आदिबाट ईश्वरको पूजा, पाठका साथै स्तुती गाइन्छ ।
व्यक्तिगतरूपमा अथवा सामूहिकरूपमा प्रार्थना गरी इस्टदेव, परमात्मा वा शक्तिपीठका सामु भौतिकरूपमा मात्र नभई भावनात्मक रूपमा लीन भई ईश्वर साक्षात्कार गर्नु सबैजसो धर्मसंस्कृतिको अभिन्न अंग रहिआएको छ ।
सबै प्राणी भित्र परब्रम्ह परमात्मा रहेको हुन्छ, जुन कुरा स्वामी विवेकानन्दको विचारबाट पनि स्पष्ट हुन्छ। विकार रशित निर्मल र शुध्द मनले एकाग्रभै ध्यान गरेमा त्यसलाई साक्षात्कार गर्न सकिन्छ ।
प्रतिक्रिया