शनिबार, वैशाख १३, २०८२

१४ अंकले घट्दा सात अर्ब ९१ करोडको शेयर किनबेच

नेपालखोज २०८१ कार्तिक २८ गते १५:५०

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन ११ दशमलव २४ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पनि १४ दशमलव १२ अंकले घटेर २७ सय ३४ दशमलव ८३ अंकमा झरेको छ ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव शुन्य आठ अंकले घटेर चार सय ८३ दशमलव ६९ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय आठ वटा कम्पनीहरुको ७७ हजार आठ सय ६१ पटकको कारोबारमा एक करोड ५३ लाख ६२ हजार दुई सय कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ९१ करोड १९ लाख ७६ हजार चार सय ५९ रुपैैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बिकास बैंक समुहको सुचक ८० दशमलव ८४ अंकले बढेर पाँच हजार पाँच सय ४६ दशमलव २० अंकमा चढेकोमा फाईनान्स समुहको सुचक पनि एक सय ५१ दशमलव ९४ अंकले बढेर तीन हजार सात सय ६५ दशमलव ५१ अंकमा चढेको छ ।

यसैगरी जलबिद्युत समुहको सुुचक पनि २८ दशमलव ६१ अंकले बढेर तीन हजार पाँच सय २६ दशमलव ६४ अंकमा चढेकोमा सामुहिक लगानी कोष समुहको सुचक पनि शुन्य दशमलव १० अंकले बढेको छ । वाणिज्य बैंक समुहको सुचक भने आज २१ दशमलव २५ अंकले घटेर १५ सय २० दशमलव ८७ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय ६२ दशमलव ६२ अंकले घटेर १३ हजार चार सय ८७ दशमलव ९४ अंकमा झरेको छ ।

निर्जीवन बीमा समुहको सुचक पनि एक सय ६७ दशमलव ५० अंकले घटेर १३ हजार तीन सय ६८ दशमलव २७ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः चार दशमलव २८, एक दशमलव २०, ६८ दशमलव ६९, १९ दशमलव १५, १७ दशमलव ३९ र ५९ दशमलव २३ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सप्तकोशी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुथली बुखारी स्मल हाईड्रोपावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने जानकी फाईनान्स परेको छ ।

प्रतिक्रिया