मंगलबार, मंसिर २५, २०८१

ग्लोबल वार्मिङका कारण भ्यागुताको अस्तित्व खतरामा

नेपालखोज २०८१ कार्तिक २९ गते १६:३०

अनुसन्धान अनुसार भ्यागुताहरू पानीको हानि सहित जलवायु परिवर्तनमा विशेष रूपमा संवेदनशील हुन्छन्, किनभने तिनको छाला पातलो हुन्छ । उनीहरू बाँच्नका लागि बसोबास ओसिलो रहनुपर्छ। पानी बिना उनीहरू निसास्सिन थाल्छन् ।

अनुसन्धान टोलीले सन् २१०० सम्म ७ देखि ३० प्रतिशत भ्यागुताका अवस्थित बासस्थान सुक्ने र त्यसपछि तिनीहरू बाँच्न सक्षम नहुने पत्ता लगाएका छन् । अन्वेषकहरूले भनेका छन- त्यस्ता क्षेत्रहरू मध्ये १५ देखि ३६ प्रतिशत नियमित गर्मीको लहरका कारण शताब्दीको अन्त्यसम्म सुख्खा भैसक्ने छन्।

मानवजनित कारणहरू र प्रदूषणको निरन्तरता एवं फंगल संक्रमण जस्ता प्राकृतिक खतराहरूको फैलावटका कारण पारिस्थितिक प्रणालीको विनाशका कारण भ्यागुताले अस्तित्व कै संकटको खतराहरूको सामना गर्नु पर्नेछ।

प्रतिक्रिया