वडाध्यक्ष साहको निधन
नेपालखोज
२०८१ कार्तिक ३० गते ६:२७
चन्द्रपुर (रौतहट) । ईशनाथ नगरपालिका–१ का मिर्गौला राेगबाट पीडित वडाध्यक्ष बिगु साहको उपचारका क्रममा निधन भएको छ ।
वडाध्यक्ष साह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट र २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए
त्यसैबीच, रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद किरणकुमार साहले वडाध्यक्ष साहको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनामा समवेदना प्रकट गरेका छन् । रासस
सम्बन्धित
प्रतिक्रिया