बुधबार, पुष २, २०८२

डिजाइन र निस्काशित पहिलो १ रुपैयाँको कागजी नोट

सुनिल उलक २०८१ मंसिर २ गते ५:५०

कुलरत्न तुलाधर द्वारा डिजाइन गरिएको १ रुपैयाँको कागजी नोट प्रजातन्त्र आउनु अगाडि गरिएको थियो । तर नोट देशमा प्रजातन्त्र आए पछि बजारमा निष्काशन भएको थियो । नोटको डिजाइनकर्ता मध्य एक कुलरत्न तुलाधरले तत्कालिन समयमा चलिरहेको एक रुपैयाको सिक्का अग्रभाग र पृष्ठ भाग नोटको अग्रभागमा दाँया तर्फ र पृष्ठ भाग नोटको पृष्ठ भागको बाँया तर्फ राखिएको थियो ।

डिजाइन गरिँदा २००७ सालको रु १ को सिक्का राखिएको थियो । तर निस्काशन हुने समय २००८ साल पछि भएको हुँदा २००८ सालको सिक्काको डिजाइन राखिएको थियो । पानी चित्रका लागि खाली भाग डिजाइनमा गोलाकार रहेको छ भने प्रसारित नोटमा अण्डाकार रहेको थियो । पानी चित्र भने राजा त्रिभुवनको श्री पेच लगाइएको तस्विर नै राखिएको थियो ।

प्रजातन्त्रको केही समय पछि रु १ र पचास पैसाको सिक्का निस्काशन गर्नका लागि डिजाइन आह्वान गरिएको थियो ।

सात सालमा देशमा प्रजातन्त्र आए पछि धेरै कुरामा जनताका कुरा सुनिन थालिएका थिए । जनतालाई मन पर्ने तथा जनताका लागि नै धेरै निर्णयहरु हुन्थे । यस्तैमा सात साल पछि नेपाली कागजी रुपैया र मोहर तथा रुपियाको सिक्कामा पनि परिवर्तन गर्नुपर्ने कुरा हुन थाल्यो । यसका लागि डिजाइनका लागि आह्वान गरियो । नेपाल राष्ट्र बैैक गठन भइ नसकेको सो समय मुलुकी खानाले नै डिजाइन मागे । सदर मुलुकी खानामा धेरै डिजाइनका सिक्का तथा कागजी रुपैयाका डिजाइन आए । त्यसमध्य प्रथम रहेका थिए ( कुलरत्न तुलाधर । अन्यमा अमर चित्रकार, ऐश्वर्य प्रसाद श्रेष्ठ, काजीबाबु शाक्य रहेका थिए ।

कुलरत्न तुलाधरबाट डिजाइन गरिएको रु १ र पचास पैसाको सिक्कामा पहिलो पटक राजा त्रिभुवनलाई नेपाली जनताका रुपमा साधारण रुपमा देखाइएको थियो । राजा भन्ने बित्तिकै श्री पेच लगाइएको तथा जंगी पोशाक लगाएको नै हुनुपर्ने भन्न देखाइएको हुन्थ्यो सात सालसम्म । तर कुलरत्न तुलाधरले डिजाइन गरेको सिक्कामा राजा त्रिभुवन साधारण पहिरन तथा शिरमा टोपी पहिरिएका थिए । जसले गर्दा प्रजातन्त्र पछि राजा पनि जनता सरह परिवर्तन भएको अनुभूति दिन्थ्यो ।

यस डिजाइनले साच्चै देश राणाको अधिनायकवादबाट मुक्त भइसकेको देखाउन खोजिएको थियो । यो डिजाइन स्विकृत मात्र भएन तत्कालै राजा त्रिभुवनको टोपी लगाइएको रु १ र पचास पैसका सिक्का बजारमा निस्किए । यस सिक्काको एकतर्फ पाँच कुने तारा भित्र ढाका टोपी लगाइएको राजा त्रिभुवनको तस्विर थियो भने अर्को तर्फ प्रजातन्त्रको आगमनको प्रतिक सुनौला बिहानी तथा कृषी उत्पादन नै देशको बिकासको आधार रहेको प्रतिक धानको बाला देखाइएको थियो । यि सिक्काहरु २०१० साल र २०११ सालमा मात्र निस्किएका थिए ।

स्मरण रहोस कुलरत्न तुलाधर नेपालको सरकारी कार्यालय निजामति विभागको पहिलो इञ्जिनियर हुनुहुन्छ । वहाँको सोही कार्यकालमा नै नेपालको पहिलो राजमार्ग त्रिभुवन राजपथ निर्माण भएको थियो । साथै नेपाल इन्जिनियरिङ इन्स्टिच्युटको प्रथम प्रिन्सिपल तथा इन्जिनियरिङ अध्ययन संस्थानको पहिलो डिन पनि वहाँ नै हुनुहुन्छ ।

यहाँ कुलरत्न तुलाधरबाट डिजाइन गरिएको र छापिएको नोट राखिएको छ ।

प्रतिक्रिया