संस्थागत निक्षेप लगानीको लागि राष्ट्र बैंकको प्रस्ताव, ६८ करोड ५० लाख रुपैयाँ बैंक तथा फाईनान्सको मुद्धती निक्षेपमा राखिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६८ करोड ५० लाख रुपैयाँ लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बैंकले शुक्रबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र राष्ट्र बैंकको भनाई छ ।
रकम लगानीको अवधि २०८१ मंसिर १६ गते देखि २०८२ मंसिर १५ गतेसम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर ११ गते मंगलबारसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि ५४ करोड ८० लाख, बिकास बैकहरुको लागि १० करोड २७ लाख ५० हजार र फाईनान्स कम्पनीहरुको लागि तीन करोड ४२ लाख ५० हजार रुपैंयाँ तोकिएको छ । रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सिमाभित्र रहेको हुुनुुपर्ने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया