राष्ट्र बैंकले गर्याे ५० अर्ब रुपैंयाँको निक्षेप उपकरण बिक्री
नेपालखोज
२०८१ मंसिर ९ गते १४:३९

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैंयाँको निक्षेप उपकरण बिक्री गरेको छ । यही मंसिर नौं गते अर्थात आज आईबार राष्ट्र बैंकले निक्षेप संंकलन उपकरण बिक्री गरेर बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैंयाँ तानेको हो ।
परिपक्व हुुने अवधि १४ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती मंसिर २६ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको लागि यो उपकरण बिक्री गरिएको हो ।
खरिदकर्ताहरुको लागि घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने व्यवस्था तोकिएको थियो । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्न सकिने व्यवस्था रहेको छ ।

सम्बन्धित
प्रतिक्रिया